info@pushpasadan.edu.np, puspasadan@gmail.com

+ 977-01-4331827

Kirtipur-09, Kathmandu, Nepal


Huge Congratulations!

2022-04-06


यस पुष्पसदन आवासीय माध्यमिक विद्यालयबाट सानै कक्षादेखि अध्ययन गर्दै आउनुभएका र गत वर्षमात्र कक्षा १२ (२०७७ ब्याच) को NEB परीक्षा उत्तीर्ण गरी उच्च अध्ययनमा अग्रसर रहेका जेहेन्दार, लगनशील तथा प्रतिभाशाली विद्यार्थी श्री राज बिष्ट त्रिभुवन विश्वविद्यालयबाट पूर्ण छात्रवृत्तिमा चिकित्साशास्त्र (MBBS)अध्ययनका लागि एकतीसौँ स्थानमा छनौटमा पर्न सफल हुनुभएकोमा हामी अति नै गौरवान्वित् भएका छौँ । यस अवसरमा उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्दै भविष्यमा यस्तै अन्य सफलताहरूले कदम चुम्दै जाऊन् भन्ने हार्दिक एवम् मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ । साथै, सम्पूर्ण हाम्रा कर्मठ शिक्षकशिक्षिकाज्यू, अभिभावकज्यू लगायत हौसला प्रदान गर्नुहुने तमाम शुभचिन्तकहरुलाई पनि बधाई तथा धेरै धेरै धन्यवाद दिन चाहन्छौँ ।