info@pushpasadan.edu.np, puspasadan@gmail.com

+ 977-01-4331827

Kirtipur-09, Kathmandu, Nepal


पुष्पसदनमा एस.ई.ई. कप बास्केटबल प्रतियोगिता सम्पन्न

2022-06-04


कीर्तिपुर जेष्ठ १९  
कीर्तिपुरस्थित पुष्पसदन माध्यमिक विद्यालयमा आयोजित पुष्पसदन एस.ई.ई. कप–२०७९ काठमाडौँ उपत्यकाव्यापी अन्तर्विद्यालय ३×३ बास्केटबल प्रतियोगितामा बलर्स एकेडेमी, काठमाडौँले च्याम्पियनशिप हात पर्न सफल भएको छ । जेष्ठ १९ गते आयोजित लिग तथा नक आउट चरणमा खेलाइएको उक्त प्रतियोगितामा आयोजक टिमसहित जम्मा ९ ओटा विद्यालयले सहभागिता दर्ता गराएकोमा ८ ओटा टिममात्र सहभागी हु्न सफल भएको आयोजकबाट थाहा हुन आएको छ । आयोजक विद्यालयका दुई टिमसहित काठमाडौँ उपत्यकाबाट एल.आर.आइ., पाठशाला, बलर्स एकेडेमी, ब्राइट होराइजन, टिम जिरो र न्यू जेनिथ गरी ८ टिमका बीच भएको प्रतिस्पर्धात्मक उक्त प्रतियोगितामा विजेता बलर्स एकेडेमीले प्रथम पुरस्कार ट्रफीसहित रू २०,०००।– नगद, मेडल  तथा प्रमाणपत्र हात पार्न सफल भए भने आयोजक विद्यालयकै टिम ‘ए’ उपविजेता भई ट्रफीसहित रू १०,०००।– नगद, मेडल र प्रमाणपत्र हात पार्न सफल भएका छन् । उत्कृष्ट खेल प्रदर्शनका लागि बलर्स एकेडेमीकै आशिष थापा मगरले ट्रफीसहित रू ५,०००।– नगद तथा प्रमाणपत्र हात पार्न सफल भए ।
आयोजक विद्यालयका संस्थापक तथा अध्यक्ष श्री महेश श्रेष्ठ, प्रिन्सिपल श्री रामधन राई तथा भाइस–प्रिन्सिपल श्री निमा लामाबाट विजयी खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।